Home » Blog » संसदीय बिकास कोषबाट सुरजी माध्यमिक बिद्यालयमा दुईतले भवन

संसदीय बिकास कोषबाट सुरजी माध्यमिक बिद्यालयमा दुईतले भवन

अंकुश दैनिक
0 comment 7 views

वीरगंज, १४ असार ।  वीरगंज महानगरपालिका मुर्लीमा रहेको सुरजी देवी माध्यमिक बिद्यालयमा संसदीय बिकास कोषबाट दुई तले भवनको निर्माण कार्य भई रहेको छ । सांसद बिचारीप्रसाद यादवको संसदीय बिकास कोषबाट २४ लाखको लागतमा भवन निर्माणको काम सम्पन्न भएको हो ।
जिल्ला शिक्षा कार्यालय पर्साले अनुदान सहयोग गरेर पिल्लर बनाउने काम गरे पनि अधुरो रहेको कामलाई संसदिय बिकास कोषबाट तीनपटक गरी २४ लाख उपलब्ध गराएर भवन निर्माणको काम सम्पन्न गराउनु भएको छ । कोषबाट पहिलो चरणमा ९ लाख, दोस्रो चरणमा १० लाख र तेस्रो चरणमा ५ लाख गरी कुल २४ लाख बिद्यालयलाई उपलब्ध गराई हल सहित सात कोठे दुइतल्ले बिद्यालय भवन निर्माण सम्पन्न गराउनु भएको जनाइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.