Home » Blog » मधेशी दलका नेताको मधेशबाट पता साफ हुने दाबी

मधेशी दलका नेताको मधेशबाट पता साफ हुने दाबी

अंकुश दैनिक
0 comment 14 views

मनोज साह
जितपुर बारा, असार । बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका वडा १९ इनर्वासिरामा सांसद नेजमा आलमद्वारा ५ लाखको कब्रिस्तान पर्खाल निर्माण योजनाको शिलान्यास गर्नु भएको छ । कार्यक्रममा बोल्दै सांसद आलमले गत बर्ष केपी ओली सरकारले ल्याएको बिकास निर्माणका लोकप्रिय कार्यक्रमहरू मध्य मुस्लिम समुदायका लागी २ करोड जतिको बजेट कब्रिस्तान निर्माण शिर्षक अन्तर्गत विनियोजित गरिएको रकम थियो । त्यसै कार्यक्रमले गर्दा आफूले इनर्वा्सिरामा मुस्लिम समुदायका लागी कब्रिस्तान पर्खाल निर्माण कार्य गर्न बजेट ल्याउन सफल भएको जानकारी दिनुभएको थियो। नेकपा एमाले ले ल्याएको विकास निर्माण का लोकप्रिय कार्यक्रमहरूले गर्दा दोश्रो चरण को निर्वाचन परिणाम पश्चात एमाले देशकै ठुलो शक्ति को रूपमा उभरिने र मधेशवादी दलहरु को सफाया हुने सांसद आलम ले ठोकुव गर्नु भएको थियो। कार्यक्रम मा एमाले जिल्ला कमिटी सदस्य मुस्लिम अंसारी, क्षेत्रीय उपसचिव ई. मोबिन आलम, सुधन तात्मा, भैयाराम साह, कलामुदिन अंसारी, अलियास देवान, सैनुल्लाह अंसारी स्थानीय बसिन्द लगायतका उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.