Home » Blog » आदिवासी समुदायका मागहरुलाई सम्बोधन गर्न रिनन्रत प्रयासरत रहनुपर्ने आवश्यक ः सांसद अमात्य

आदिवासी समुदायका मागहरुलाई सम्बोधन गर्न रिनन्रत प्रयासरत रहनुपर्ने आवश्यक ः सांसद अमात्य

अंकुश दैनिक
0 comment 6 views

वीरगन्ज,  असार ।   नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का संसद राजेन्द्र बहादुर अमात्यले नेपालका आदिवासी समुदायका मागहरुलाई सम्बोधन गर्न र लोकतन्त्र गणतन्त्रको उपलब्धि रक्षाका लागि रिनन्रत प्रयासरत रहनुपर्ने बताउनु भएको छ ।
नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समिति पर्साद्वारा आज आयोजना गरेको खेलाडीहरुलाई पोशाक वितरण कार्यक्रममा बोल्दै अमात्यले आप्mनो अधिकार उपयोग गर्न सधैं अग्रपंत्तीमा रहनुपर्ने बताउदै आदिवासीहरुले पनि आप्mनो अधिकार प्राप्त गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।
नेपाल आदिवासी जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष किरण डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका सामाजिक विकास अधिकृत धर्मराज थापाले सरकारले केही निश्चित रकम उपलब्ध गराएकोले जिल्लाका आदिवासी जनजाति समुदायले त्यसको सदुयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेवार, राई, मगर, गुरु·, तामाङ, धानुक, उराव“, थारु समुदायका ७० जना खेलाडीहरुलाई खेलकुद पोशाक वितरण गरिएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव निरज पिठाकोटे मगरले संचालन गरेको कार्यक्रमा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष बालेश्वर गौरो, धानुक समाजका जंगी महतो धानुक, उराव“ समाजका प्रभु उराव“, तमु गुरुङ समाजका आश बहादुर गुरुङ, किरा“त राई यायोक्खाका जगत राई लगायतको उपस्थिति रहेको थियो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर विठाकोटे मगरले आप्mनो पहिचानका लागि संघर्ष गर्नुपरेको बताउ“दै संघर्षलाई उपलब्धीपूर्ण बनाउन सबै आदिवासी जनजाति समुदाय एक हुनु पर्ने बताउनुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.