Home » Blog » स्वतन्त्र मानव अधिकार समाजद्वारा आश्रममा सहयोग

स्वतन्त्र मानव अधिकार समाजद्वारा आश्रममा सहयोग

अंकुश दैनिक
0 comment 5 views

बीरगंज, १७ असार ।  समाज सेवामा संलग्न स्वतन्त्र मानव अधिकार समाज वीरगंजको एक टोली आज वीरगंजको श्रीपुर स्थित मानव सेवा आश्रममा पुगी त्यहाँ रहेका बृद्ध–बृद्धाहरुलाई दिउसोको खाजा प्रदान गरेको समाजका अध्यक्ष कृष्ण कुमार खनालले जनाएका छन् ।
टोलीले मिठाई विस्कुट, फलफुल भुजिया लगायतका खाद्यान्न सामग्रीहरु दिउसोको नास्ता उपलब्ध गराएको सभापति खनालले बताउनु भयो । टोलीमा सल्लाहकार प्रकाश कुमार गुप्ता , कोषाध्यक्ष लालबाबु सिंह, सहकोषाध्यक्ष हरेन्द्र पटेल, केन्द्रिय सदस्य दिपक साह कानु , सुबोध गुप्ता एवम् सहयोगीहरु दिपक राउत पटेल , सन्जु साह लगायतको सहभागिता रहेको थियो ।
सोही कार्यक्रम पश्चात मानव सेवा आश्रम कि अभियन्ता अशुं कार्कीले स्वतन्त्र मानव अधिकार समाजका सभापति कृष्ण कुमार खनाललाई मायाको चिनोले सम्मानित गरेकि छिन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.