Home » Blog » मधेश आन्दोलनका सहिदको नाममा बाटोको नामाकरण

मधेश आन्दोलनका सहिदको नाममा बाटोको नामाकरण

अंकुश दैनिक
0 comment 12 views

बिरगंज , असार ।  मधेस आन्दोलनका सहिदहरु दिलिप चौरसिया र धर्मराज सिहको सम्मानमा बाटोको नामाकरण गरिएको छ । राजपा नेपाल बिरगंज महानगर कमिटीले राधेमाइमा आयोजना गरेको कार्यक्रममा रास्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मिले बाटोलाई सहिदको नाममा नामाकरण गर्दै कुर्मिले मधेसको समाजिक,आर्थिक र सान्स्कृतिक एवं राजनीतिक उत्थान गर्न अनुरोध गरे । बिरगंज महानगरपालिका का कार्यकारी अधिकृत पिताम्बर अधिकारीले सहिदहरुको सम्मानमा घोषणा गरिएको सहिद पथलाई महानगरपालिका को परिषदबाट मुर्तरुप दिने बताए ।
सहिद पथ नामाकरण समारोहमा राजपाका महासचिव द्वय शिव पटेल,कदम रसुल,सह(महासचिव निजामोदिन समानी,केन्द्रिय सदस्यहरु रम्भा मिश्रा,बिपिन यादव,मुनि श्रीवास्तव,पुन्यदेव यादव ,राजपा पर्सा जिल्ला अध्यक्ष मन्डलका अध्यक्षहरु प्रेमबाबु पटेल,बिरेन्द्र यादव, मुस्तकिम अन्सारी,कृष्ण पटेल,महिला नेत्री रेखा साहले सभालाई सम्बोधन गरेका थिए । मधेस आन्दोलनको क्रममा २०७२ भाद्र १४ गते दिलिप चौरसिया र १५ गते धर्मराज सिह प्रहरीको गोलि लागी सहादत प्राप्त गरेका थिए। सहिद चौरसियाको सम्मानमा पदम रोड देखि गण्डक सम्मको नहर बाटोलाई सहिद दिलिप पथ र पदम रोड देखि रामराजा पुल हुँदै जगरनाथपुर सम्मको बाटोलाई ूसहिद धर्मराज पथ नमाकरन गरिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.