Home » Blog » ठेकेदारको बदमासीले सर्वसाधारणलाई मर्का

ठेकेदारको बदमासीले सर्वसाधारणलाई मर्का

अंकुश दैनिक
0 comment 14 views

वीरगंज,  असार ।  वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा कृष्ण नगरटोलको काशी राउत कुर्मीको घर देखि प्रेमचन्द्र उपाध्यायको घरसम्मको बाटो ठेकेदारको लापरवाहीले महिनौदेखि निर्माण नगर्दा त्यस क्षेत्रका स्थानीयहरुलाई मर्का परेको छ । मूल सडकदेखि दक्षिण नेपाली कांग्रेसको भवन शिलान्यास स्थलसम्म कच्ची बाटो निर्माण गर्ने माटो पुरी ग्रेबल गर्ने ठेक्का लिएका ठेकेदार धिरज चौरसियाले आलटाल गर्दा सो क्षेत्रका बासिन्दाहरुलाई मर्का परेको हो ।
२०७३ साल माघ २६ गते कार्यदेश लिई ठेकेदार चौरसियाले हालसम्म सो काम सम्पन्न नगरेको कारण स्थानीयलाई मर्का परेपछि अनेक पत्रपत्रिका वीरगंज महानगरपालिकाको कार्यकारी अधिकृत मौखिक तथा लिखित जानकारी गराउँदा पनि कुनै किसिमको कारवाही नभएपछि त्यस क्षेत्रमा बसोबास गर्ने ३३ जनाले जिल्ला प्रशासन कार्यालयमा कारवाहीको लागि ज्ञापन दिएका छन् ।
ठेकेदारले अविलम्ब काम सम्पन्न गरी त्यस क्षेत्रका बासिन्दाहरुको आवत–जावत सजिलो बनाइदिन माग गर्दै प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापन पत्र दिएको स्थानीय रामराज यादवले अंकुश दैनिकलाई बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.