Home » Blog » लागू औषध गाँजाको धुलो सहित बारामा ४ जना पक्राउ

लागू औषध गाँजाको धुलो सहित बारामा ४ जना पक्राउ

अंकुश दैनिक
0 comment 9 views

बारा,  असार ।  अबैध लागू औषध गाँजाको धुलो सहित प्रहरीले बाराको सिमराबाट ४ जनालाई पक्राउ गरेको जनाइएको छ । मकवानपुरबाट वीरगञ्ज तर्फ लैजान लागेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका ३ सिमरा बजनीबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ७ बस्ने चन्द्रबहादुर थि·, सानुमाईला चेपा·, कैलाश गाउँपालिका ३ बस्ने राज चेपा· र ज्ञानकुमार चेपा· रहेका छन् ।
उनीहरुलाई सिमराका बजनीका स्थानीयले चार दिन अघि पक्राउ गरि इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाएका थिए ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव नीरिक्षक कैलाश चौधरीले पक्राउ परेकाहरुलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको र थप अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुका बारेमा चारदिन पहिला पक्राउ परे पनि सार्वजनीक जानकारी नगराईएको बताएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.