Home » Blog » लोसपाका नेता पटेल एमालेमा प्रवेश

लोसपाका नेता पटेल एमालेमा प्रवेश

अंकुश दैनिक
0 comments 5 views
वीरगञ्ज । 
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पर्साका अर्का प्रभावशाली नेता शिव पटेल पनि नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।
पर्साको बहुदरमाई नगरपालिकाको मेयर पदका प्रत्यासीसमेत रहेका नेता पटेल एमाले प्रवेश गर्न लागेका हुन् । पटेल बिहिबार काठमाडौँ पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
संविधानसभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्तासँग काठमाडौँ पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका पटेलले आधिकारीक रुपमा आगामी चैत्र ८ गते एमाले प्रवेश गर्ने जनाइएको छ । फागुन २९ गते बहुदरमाईमा एउटा कार्यक्रम गरेर एमाले प्रवेश गर्न लागेको घोषणा गर्ने र चैत्र ८ गते वीरगञ्जमा केपी शर्मा ओलीको उपस्थितिमा हुने सभामा पार्टी प्रवेश गर्ने पटेलले बताए ।

सम्बन्धित पोस्टहरू