Home » Blog » बालमैत्री महानगपालिका वनाउने प्रयासमा छौं ः कार्यकारी अधिकृत अधिकारी

बालमैत्री महानगपालिका वनाउने प्रयासमा छौं ः कार्यकारी अधिकृत अधिकारी

अंकुश दैनिक
0 comment 15 views

वीरगन्ज, असार ।  वालवालिका शिक्षाबाट बन्चित भई श्रममा लागिरहे सम्म समृद्ध समाज निर्माण हुनै नसक्ने एक कार्यक्रममा सहभागि वक्ताहरुले धारणा व्यक्त गरेका छन् । समाजमा वाल श्रम र वालवालिकाको शोसण भएसम्म समाज समृद्ध तथा राष्ट्र विकसित हुन नसक्ने वक्ताहरुको निश्कर्ष रहेको छ ।
वीरगन्ज महानगरपालिका र युनिसेफको सहयोगमा बुधबार वीरगन्जमा दिव्य युवा क्लब पर्साले आयोजना गरेको “बाल श्रम तथा वाल संरक्षण” सम्बन्धी प्रधानाध्यापकलाई एक दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले आर्थिक अभाव तथा जातिय छुवाछुतको कारणले शिक्षाबाट बन्चित भएका वालवालिका लागि विद्यलायमा पूर्नस्थापना गर्दै बालवालिकालाई श्रममा लगाउनेलाई दण्डित गर्ने परिपाटिको विकास गर्न आवश्यक रहेको वक्ताहरुले विचार व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले वीरगन्जलाई वालमैत्री बनाउने तयारीमा महानगरपालिका लागेको जानकारी दिनुभएको छ । उह“ाले ३९ वटै सुचकाङ्कको पूर्ण पालना गर्दै महानगरपालिकालाई वाल मैत्री बनाउने तयारी भएको बताउनु भयो । कार्यकारी अधिकृत अधिकारीले वालवालिकाको अधिकार संरक्षण गर्ने मुख्य दायित्व स्थानिय सरकारको रहेकाले उक्त दायित्वलाई पुरा गर्न वीरगन्जमा रहेको उद्योग, पसल, होटल, कारखाना, घर तथा कार्यालयमा कार्यरत रहेको वालश्रमिकहरुको तथ्याङ्क संकलनमा जुटेको जानकारी दिनुभयो । उहा“ले महानगरपालिका भित्र श्रममा लगाइएको वालवालिकाको तथ्याङ्क संकलन पछि वालअधिकारमा उल्लेख भएका ३९ वटै सुचाङ्कलाई पालना गर्दै उनको शिक्षा देखी उचित व्यवस्थापनमा महानगरपालिका लाग्ने तयारीमा लागेको बताउनु भयो । शिक्षा पाउनबाट बन्चित रहेका वालवालिकालाई पूनः विद्यालयमा पूर्नस्थापना गर्न र समाजमा व्याप्त रहेको वाल श्रमलाई समाप्त गर्नकालागि जिल्लामा रहेको समुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग अन्तरकृया गर्नु सोही योजनाको एउटा खुड्किलो रहेको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
दिव्य युवा क्लबका अध्यक्ष रामाकान्त पटेलको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रमलाई महानगरपालिकाका समाजिक शाखाका प्रमुख मुकेश गुप्ता, अधिकार कर्मी प्रकास थारु, राजकुमारी उपाध्याय, संचारकर्मी सुरेश विडारीलगायतले वाल अधिकारको संरक्षणबाटै उन्नत समाजको जग बसाल्न सकिने विचार व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लामा रहेको सामुदायिक विद्यालयका ५० भन्दा बढी प्रअहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.