Home » Blog » जेसे रोड्रिगुइज पिएसजीमा अनुबन्धित

जेसे रोड्रिगुइज पिएसजीमा अनुबन्धित

अंकुश दैनिक
0 comment 9 views

स्पेनिस विंगर जेसे रोड्रिगुइज फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मीनसँग आवद्ध भएका छन् । रियल मडि्रड र पेरिस सेन्टबीच जेसेका लागि २५ मिलियन पाउण्डमा सम्झौता भएको छ ।

पिएसजीले केहि सातादेखि जेसेप्रति आकर्षित थियो । प्रशिक्षक उनाइ एमरेले उनलाई अनुबन्ध गराउन सन् २०१३ मा सेभिया हुँदादेखिनै लागिपरेका थिए ।

जेसेसँगको अनुबन्धसँगै क्लवका लागि समर ट्रान्सफर अवधि सकिएको छ । उनका लागि पिएसजीले २५ मिलियन पाउण्ड तिरेको छ । उनको कागजी प्रक्रिया र स्वास्थ्य परिक्षण सुरु भइसकेको छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदानेले पनि उनलाई सुरुवाती टोलीमा स्थान पाउने क्लवमा जान सुझाएका थिए । युरो २०१६ मा स्पेनिस टोलीमा स्थान बनाउन असमर्थ २३ बर्षीय जेसेलाई यसअघि रियलले लोनमा पठाउन लागेको चर्चा चलेको थियो ।

२०७३ साउन १९ गते १२:१८ मा प्रकाशित

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.