वीरगंज ।
नेपाली कांग्रेसकाे “घर-घर जाउ, कांग्रेस जिताउ” अभियान पर्सामा पनि शुभारम्भ भएको छ । वीरगंजस्थित साह दरबार हाेटलमा एक कार्यक्रमकाे आयाेजना गरी सो अभियानकाे शुभारम्भ गरिएकाे हाे ।
अभियानकाे नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसिया र केन्द्रिय प्रतिनिधि एवं केन्द्रिय सदस्य डा.चन्द्र मोहन यादवले संयुक्त रुपमा गमलामा पानी हालेर उदघाटन गरेका थिए ।
स्थानिय तहकाे निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस केन्द्रिय कमिटीले सुरु गरेकाे “घर-घर जाउ, कांग्रेस जिताउ” अभियान पर्सा जिल्ला भरी संचालन हुने पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद सहाबुदिनले जानकारी दिए ।
जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा भएकाे कार्यक्रममा पूर्व मन्त्री सुरेन्दर चाैधरी, संविधान सभा सदस्य अनल रुंगटा, प्रदेश सभा सदस्य राजेश्वर साह, शंकर चाैधरी, जिल्ला उप-सभापति रामनारायण प्रसाद कुर्मी, अशाेक कुमार गुप्ता, सचिव इम्तियाज आलम, दिनेश कुमार चाैधरी, पूर्व सचिव श्याम पटेल, पर्सा क्षेत्र नं. १ का सभापति अरबिन्द गुप्ता,पर्सा क्षेत्र नं. २का सभापति मोहम्मद सहाबुदिन, पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादव, बिरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्की लगायत हजारौं नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिती रहेकाे थियाे ।