Home » Blog » पप्पु कन्स्ट्रशनद्वारा गुणस्तहीन सडक निर्माण हुदै

पप्पु कन्स्ट्रशनद्वारा गुणस्तहीन सडक निर्माण हुदै

अंकुश दैनिक
0 comment 5 views

मनोज शाह
जितपुर बारा,  असार । पर्सा जिल्लालाई सडकको जालोले घेर्ने क्रममा गुणस्तरहीन सडकहरुको निर्माणभइरहेको छ । पर्साको टेढा देखि रगपुर टा“डी सम्म १८ कि ,मि लामो सडक मध्ये पहिलो चरणमा साढे चार कि.मि. सडक कालोपत्र तर्न लागिएको हो ।
सडक बनाउने जिम्मा पाएको पप्पु कन्स्ट्रशनले गुणस्तरहीन सडक निर्माण कार्य गरिरहेको थाहा पाएपछि स्थानियले अवरोध खडा गरेका छन् ।
पहिलो चरणमा निर्माण भइरहेको सबैया टाडी देखि टेढासम्मको साढै चार कि.मि. सडक इन्जिनियर इन्द्रदेव साहले बनाउदै गरेको पाइएपछि सबैका जनता सडक उपभोक्ता समितिका अध्यक्ष जग बहादुर दास थारु लगायतका स्थानीयले अवरोध गर्दा पनि सडक निर्माण जारी छ ।
बिश्व बैङकको सहयोगमा निर्माण भइरहेको सडकको स्थितिको बारेमा स्थानीयले जिबिस, डिजीहरुलाई बारम्बार जानकारी गराउ“दा पनि सुनुवाई नभइरहेकोले सबै चिन्तित बनेको स्थानीय चन्द्र बहादुर गुरुङ , रामचन्द्र भुजेल ,गोमा जमकटेलले, गुनासो पोखे । दुइ वर्ष पहिले जितपुरदेखि टेढासम्म यस्तै गुणस्तरहीन कार्य हु“दा अहिले दिनहु“ दुर्धटना बढेको र कालोपत्रे सडक ग्रेबलमा परिणत भएको सबैले हेर्दाहेर्दै फेरि त्यहि हबिगत नहुन दिन कुनै निकायले चासो नदेखाइरहेकोले अब सडक बन्न नदिनेगरी स्थानियहरुले आक्रोस पोखे अब गुणस्तरीय सडक निर्माणको लागि रंगपुरदेखि टेढासम्मका स्थानीय बासिन्दाहरुले आन्दोलनमा जानुपर्ने आक्रोशित युवा सुरज मान्धरले भने ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.