Home » Blog » राष्ट्रिय एजुकेशन फेयर तथा शैक्षिक निति बहस शुरु

राष्ट्रिय एजुकेशन फेयर तथा शैक्षिक निति बहस शुरु

अंकुश दैनिक
0 comment 8 views

बीरगन्ज, असार ।  पदमा ग्रुप बाट संचालित बिजनेश प्लस टेलिभिजनको आयोजन तथा माउन्टेन टिभि तथा भक्तिदर्शन टिभीको सह आयोजनमा बीरगन्जको जैन धर्मशालामा राष्ट्रिय एजुकेशन फेयर तथा शैक्षिक निती बहस कार्यक्रम शरु हुदै छ ।
स्वदेश कै विश्व विधालय तथा कलेजहरुलाई प्रोत्साहन तथा उनीहरुको पाठय क्रम लगायतको विषयमा विधार्थीहरुलाई जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजन गरिएको आयोजक संस्थाका कार्यकारी अधिकृत डम्बर शाहुले बताउनु भयो । सोमबार बीरगन्जको होटल कन्ट्रीइनमा आयोजीत पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी दिदै मुलुक संघियतामा गएपछि प्रान्तिय शैक्षिक अवस्था र आवश्यक्ताका विषयमा बृहत जानकारी तथा छलफलकालागि पनि यो कार्यक्रम राजधानी बाहिरका चार प्रमुख शहर बिराटनगर, बिरगन्ज, नेपालगन्ज तथा धनगढीमा आयोजन गरिएको बताइएको छ । क्षेत्रिय स्तर मै देश भित्रका लगानीकर्ता शिक्षा क्षेत्रमा लगानी गरिरहेका े अवस्थामा पठनकैलागि राजधानी जानु पर्ने धारणा हटाउन तथा क्षेत्रिय स्तरका शैक्षिक संस्थाको उत्थानका लागिपनि यो कार्यक्रम भइरहेको छ ।
सोमबार विहान १० बजेदेखी शुरु हुने मेलमा वीरगंजका १० वटा विराटनगरका एउटा गरि २५ वटा शैक्षिक संस्थाहरुको स्टल रहने मेलामा कक्षा ११ देखी स्नातकोत्तर तह सम्मको विद्यार्थीहरु सहभागी भई अवसरको लाभ लिन सक्ने टेलिभिजनका क्षेत्रीय प्रशारण केन्द्र वीरगंजका प्रमुख महेश दासले जानकारी दिनु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.