Home » Blog » लायन्स तथा लियो कलबद्वारा १२० बिरुवा बितरण

लायन्स तथा लियो कलबद्वारा १२० बिरुवा बितरण

अंकुश दैनिक
0 comment 9 views

जितपुर बारा,  असार ।  बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. ७ जितपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी उच्च माध्यमिक बिद्यालयमा आज बोट बिरुवा बितरण गरिएको छ । लायन्स क्लब तथा लियो क्लब जितपुर–सिमराको आयोजनामा बिरुवा बितरण गरिएको हो ।
बिद्यालयमा अध्यनरत १२० जना बिधार्थीलाई क्लबले आ“प ,कटहर , तथा लिचीका बिरुवाहरु बितरण गरिएको क्लबका अध्यक्ष अरुण कुमार गुप्ताले जनाकारी गराए । रुख घरको आभुषण, टाढा राख्छ प्रदुषण नाराका साथ जितपुरसिमरा उपमहानगरपालिकालाई प्रदुषण मुक्त राख्न हरेक घर घरमा हरियाली राख्न बितरण गरिएको कार्यक्रमका प्रमुख फकिरा गिरी राजेश्वर गिरी उच्च माध्यमिक बिद्यालय जितपुरका प्राचार्य दिनेश कुशवाहाले बताए ।
कार्यक्रमका सभापति लायन्स क्लबका सदस्य रामबाबु गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.