Home » Blog » सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने

अंकुश दैनिक
0 comments 10 views

काठमाडौं ।
पाँच दलीय सत्ता गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

चुनावीसभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताले सम्बोधन गर्ने संयन्त्रका सदस्य–सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।

बैठकले सात प्रदेशका धनगढी र सुर्खेतमा वैशाख १८ गते, बुटवल र पोखरामा वैशाख १९ गते, विराटनगर र जनकपुरमा वैशाख २० गते तथा काठमाडौँमा वैशाख २२ गते चुनावीसभा गर्ने निर्णय गरेको उनले बताए ।

सम्बन्धित पोस्टहरू