Home » Blog » भरतपुरको मेयरमा कांग्रेसका पूर्वसांसद पौडेलले स्वतन्त्र उम्मेदवारी दिने

भरतपुरको मेयरमा कांग्रेसका पूर्वसांसद पौडेलले स्वतन्त्र उम्मेदवारी दिने

अंकुश दैनिक
0 comments 7 views

चितवन

नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्बारी दिने घोषणा गरेका छन् । कांग्रेस चितवनको असन्तुष्ट पक्षका तर्फबाट मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् ।

कांग्रेस महासमिति सदस्य मिना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् ।

उम्मेद्बारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो । भरतपुरको मेयर माओवादी केन्द्रलाइ दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए । पौडेलले भोलि मनोनयन दर्ता गर्ने तयारी छ ।

सम्बन्धित पोस्टहरू