Home » Blog » वीरगन्ज महानगरपालिकालाई राजपा नेपालको ज्ञापनपत्र

वीरगन्ज महानगरपालिकालाई राजपा नेपालको ज्ञापनपत्र

अंकुश दैनिक
0 comment 7 views

बीरगंज,  असार ।  वीरगन्ज महानगरपालिकाको कार्यालयलाई राष्ट्रिय जनता पार्टी नेपालले महानगरको विकासका लागि भन्दै विभिन्न १६ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार ज्ञापनपत्र बुझाउदै राजपाले वीरगन्जमा बन्दै गरेको आधुनिक बसपार्क र फोहोर ब्यवस्थापन केन्द्रको निर्माण कार्य यथाशीघ्र पुरा गर्नु पर्ने , एडिबीको सहयोगमा जारी सडक र नाला निर्माण गर्ने क्रममा खनिएका सडकहरु तत्काल कालोपत्रे गर्नु पर्ने, वीरगन्ज महानगरलाई ग्रीन सिटीको रुपमा बिकास गर्नु पर्ने , महानगरमा समावेश गरिएका नया“ ११ वटा वडाहरुमा बिकास निर्माणको विशेष प्याकेज दिनु पर्ने, गरिब एवं दलित बस्तिमा निशुल्क सोलार बत्ती जडान गर्नु पर्ने, भ्रस्टाचार एवं अनियमिततालाई नियन्त्रण गर्नु पर्ने लगायतका माग गरिएको छ । ज्ञापन पत्र राजपाको नगर कार्य समितिले बिहीबार वीरगन्ज महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारीलाइ बुझाएको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.