Home » Blog » भानु जयन्तीको अवसरमा कबिता वाचन र प्रभात फेरीे

भानु जयन्तीको अवसरमा कबिता वाचन र प्रभात फेरीे

अंकुश दैनिक
0 comment 8 views

वीरगंज, असार ।  लक्ष्मी साहित्य समाज पर्साले आदिकबि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती बीरगंजको घण्टाघर चोकबाट निकालीएको झा“की सहितको प्रभात फेरी नगरको बिभिन्न भागको परिक्रमा गर्दै मनाएको छ ।
जन्मजयन्तीको अवसरमा कबिता वाचन समेत गरिएको छ । सो कबिता बाचनका प्रमुख अतिथी साहित्यकार एल.बी. क्षेत्रीले दिप प्रजवलन गर्दै भानुभक्तको फोटोमा माल्यार्पण गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । लक्ष्मी साहित्य समाज पर्साका संयोजक महेशचन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न विद्यालयका छात्रछात्रा, साहित्यकार लगायतले भानुभक्तका सन्दर्भमा आ–आफ्नो कबिता वाचन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुर, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रहरी उपरीक्षक टिका पोखरेल, साहित्यकार सुमन घिमिरे, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लेखक गणेश लाठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण मायामितु न्यौपानेले गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.