Home » Blog » पोखरीयाको मुडलीमा बृक्षारोपण

पोखरीयाको मुडलीमा बृक्षारोपण

अंकुश दैनिक
0 comment 11 views

वीरगंज, असार । राष्ट्रिय युवा परिषद् जिल्ला कार्य समिति पर्साको आयोजना तथा पोखरिया नगरपालिकाको सहयोगमा पोखरिया नगरपालिकाका कार्यकारी अधिकृत नाथु प्रसाद साह र संस्थाका पर्सा अध्यक्ष श्रवण प्रसाद साहले संयुक्त रुपमा बिरुवा रोपी बृक्षारोपण उदघाटन गर्नु भएको छ ।
मुख्य बाटोको दुबै छेउमा आप, कलकी फुल लगायत विभिन्न प्रजातिका करिब ७५ वटा बिरुवाहरु रोपिएको छ ।
कार्यक्रममा पोखरिया नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख मन्जित यादव, पत्रकार लालबाबु बानिया, संस्थाका उपाध्यक्ष अजय कुमार चौरसिया, सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पोखरियाका प्रहरी नरिक्षक हिरा बोहरा, सशस्त्र प्रहरी नायब निरिक्षक हरि बिक, नेपाल संघिय समाजवादी पार्टीका क्षेत्रिय अध्यक्ष मन्टु प्रसाद रौनियार, स्वास्थ्य चौकी मुडलीका इन्चार्ज योगेन्द्र प्रसाद चौरसिया, सेवा नेपाल संस्थाका निलेश कुमार कुशवाहा, नेराप्रावि मुडली फुलवरीयाका प्रधानाध्यापक अब्बास मिया, सचिव मुकेश कुमार चौरसिया, सदस्य मुकलेश राउत गदी, त्यसैगरी रामाशंकर कुमार चौरसिया, लगायतले विभिन्न प्रजातिका बिरुवाहरु रोपनु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.