Home » Blog » युवा फोरमको रक्तदान कार्यक्रम सम्पन्न

युवा फोरमको रक्तदान कार्यक्रम सम्पन्न

अंकुश दैनिक
0 comment 5 views

वीरगन्ज,  साउन ।  संघीय समाजवादी फोरम नेपालको भातृ संस्था संघीय समाजवादी युवा फोरम नेपालले आकास्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्जको घण्टाघरमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यत्रक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।
वीरगन्जका अस्पतालहरुमा रगतको चरम अभावले बिरामीहरुको उपचार प्रभावित भएकोले रक्तदान कार्यक्रम राखिएको फोरमले जनाएको छ । रक्तदान कार्यक्रममा जलसुदिन शेख,लखनलाल गुप्ता,फिरोज हवारी, तुफान अंसारी,शेख इन्जमामुल मिया ,बिजयराम यादव विशाल कुमार सर्राफ, प्रमुसाह कानु, शम्भु प्रसाद गुप्ता,महताब आलम, राजन पटेल,दिप कुमार कर्ण,सोहन लामा राजेन्द्र यादव लगायत २ महिला सहित ६२ जनाले रक्तादान गरेको जनाइएको छ । कार्यक्रमका बिशिष्ठ अतिथी संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अधयक्ष प्रदीप यादवको पनि उपस्थिति रहेको थियो । युवा फोरम नेपालका पर्सा अध्यक्ष शेख जलसुद्दीनको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा स्थानिय नेता तथा कर्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.