Home » Blog » वृक्षारोपन कार्यक्रम सम्पन्न

वृक्षारोपन कार्यक्रम सम्पन्न

अंकुश दैनिक
0 comment 6 views

मनोज शाह
जितपुर बारा, ४ साउन । हरीयो बन नेपालको धन भन्ने नाराको साथ आज बाराको जितपुर–सिमरा उपमहानगरपालिका जितपुर मा सयुक्त वडा कार्यालय जितपुर अगाडि बृक्षारोपन कार्यक्रम सम्मन्न भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिकालाई सयुक्त वडा कार्यालयमा नगर हराभरा बातावरण स्वथ्य छाओस भनेर आज अभियानको तेस्रो दिन बृक्षारोपण गरीएको योजना शाखा प्रमुख सजीज रुपाखेतीले बताए । कार्यक्रमका प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिका प्रमुख दिल्लीराज बेलबासेले नगरलाई स्वच्छ सफा र हराभरा बनाउनका लागि बृक्षारोपन अभियान चलाएको बताउनु भयो । सबै सयुक्त वडा कार्यालयमा ६ र ७ सयको हराहारीमा बृक्षारोपन रहेको प्रमुख अतिथि बेलबासेले बोल्नुभयो । बृक्षारोपन कार्यक्रमका सभापति नेपाल क्लीन एण्ड ग्रिन सिटीका अध्यक्ष बिजय कुमार कुहावाहाको सभापतित्वमा कार्यक्रम सम्मन्न भएको थियो ।
बृक्षारोपन कार्यक्रमका अतिथि लेखा अधिकृत बिस्मील्लाह असारी , वडा कार्यालय जितपुर सचिव दिलीप ढुंगाना , सयुक्त वडा कार्यालय सिमरा सचिव अनिल बिश्वकार्मा , राजपा नेता मनोज गुप्ता , शिव सोनार , फोरम लोकतन्त्रि नेता श्रीराम साह कानु ,शन्ति बिकास मन्च अध्यक्ष मनिष दाहाल , युवा नेता रबि साह सग सस्था लगायतका उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.