Home » Blog » कुर्मी सशक्तिकरण मञ्चद्वारा गोकुल कुर्मी सम्मानित

कुर्मी सशक्तिकरण मञ्चद्वारा गोकुल कुर्मी सम्मानित

अंकुश दैनिक
0 comment 11 views

बीरगंज , श्रावण ।  कुर्मी सशक्तिकरण मञ्च पर्साले कुर्मी समाजका अगुवा एवं पुरानो राजनीतिज्ञ गोकुल प्रसाद कुर्मीलाई विहिवार कदर पत्र सहित सम्मान गरेको छ ।
बीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा निवासी कुर्मी कुर्मी समाजको विकास एवं उत्थानमा योगदान पुर्याएको हुनाले सम्मान गरिएको मञ्चले जनाएको छ । मञ्च पर्साका अध्यक्ष संतोष पटेलको नेतृत्वमा गएको टोलीले फुलमाला, टिका, खादा, दोसल्लाह, कदर पत्र सहित सम्मान गरेको थियो ।
टोलीमा समाजका अगुवा शिव पटेल, मञ्च पर्साका वरिष्ठ उपाध्यक्ष विश्वेशवर पटेल, उपाध्यक्ष राजेश पटेल, सचिव अनुराग पटेल, पन्नालाल पटेल, श्रीराम पटेल, लालबाबु पटेल, धर्मेन्द्र पटेल, कृष्णा पटेल, कुर्मीका ज्येष्ठ सुपुत्र अधिवक्ता सुरेन्द्र कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.