Home » Blog » लागुऔषध सहित एक युवा पक्राउ

लागुऔषध सहित एक युवा पक्राउ

अंकुश दैनिक
0 comment 6 views

जितपुर बारा, ७ साउन ।  शुक्रवार रातीे लागुऔषध सहित एक युवा पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय जितपुर नायब निरिक्षक जय कृष्ण कुर्मीको कमाण्डमा खटिएको गस्ती टोलीले गएराती जितपुर नारायाणी बस काउन्टर नजिकबाट समातेको हो । पक्राउ पर्नेमा जिल्ला रौतहट लक्ष्मीपुर वडा ९ बस्ने १९ बर्षको बिक्रम भुजेल रहेको छन् । बोकेको कालो झोला भित्र लुकाइ छिपाई राखेको लागुऔषध डाइजेन ३५ पिस, फेनर्गन ३९ पिस, नोफिन ३९ पिस जम्म ११३ पिस फेला परेको इलाका प्रहरी कार्यालय जितपुरका नायब निरिक्षक कुर्मीले बताए । बिशेष अनुशन्धनको लागि ईलाकालप्रहरी कार्यालय सिमरा पढाएको जानकारी दिनुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.