Home » Blog » स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिँदै कांग्रेस

स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिँदै कांग्रेस

अंकुश दैनिक
0 comments 3 views

काठमाडौं ।

 

नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख-उपप्रमुखदेखि जिसस प्रमुख-उपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान  ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् ।

सम्बन्धित पोस्टहरू