Home » Blog » कांग्रेस केन्द्रीय कार्यसमितिमा १० महिला सदस्य मनोनित

कांग्रेस केन्द्रीय कार्यसमितिमा १० महिला सदस्य मनोनित

अंकुश दैनिक
0 comments 7 views

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् । देउवाले आज मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा १० बमोजिम उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

गत वर्षको मंसिर २४ गते पार्टीको १४ औं महाधिवेशन भए पनि अहिलेसम्म देउवाले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएका छैनन् ।

सम्बन्धित पोस्टहरू