10
बिरगंज ।
जनता समाजवादी पार्टी (जसपा) का युवा नेता मुकेश द्विवेदीले जसपा परित्याग गरि पर्सा क्षेत्र नम्बर २ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि जसपाबाटै उनले पर्सा २ को (ख) मा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । तर शनिबार जसपा र एमाले बिच भएको गठबन्धनमा उक्त क्षेत्र एमालेको भागमा परेपछि द्विवेदीले जसपा परित्याग गरी स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।