Home » Blog » युवा नेता सुधीर पटेल स्वतन्त्र उम्मेदवारी दिने

युवा नेता सुधीर पटेल स्वतन्त्र उम्मेदवारी दिने

अंकुश दैनिक
0 comments 11 views

बिरगंज ।
नेपाली काँग्रेसका युवा नेता सुधीर पटेलले पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आइतबार बिहान सामाजिक सन्जाल फेसबुकमा स्ट्याटस लेखदै पटेलले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले लेखेका छन् ,‘ २०६१ साल देखि विद्यार्थी राजनीतिको सुरुवात गरि तात्कालीन विद्यार्थी आन्दोलन देखि प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेल्दै आएको म अहिले र आज सम्म विद्यार्थी, तरुण , युवा तथा अग्रजहरुको सुखदुख र समस्यामा डटेर सहयोग गरेको छु । देशको राजनीतिक दल आफ्नो सिद्धान्त र नैतिकतालाइ भुलेर जनतालाई बेवकुफ बनाउने योजनाको साथ विचार नै नमिल्ने दलसंग गठबन्धन गरि अगाडी बढेको हुनाले मतदाता महानुभावले यसको डटेर सामना गर्नु पर्ने हुन्छ। पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र न १(क) मा गठबन्धनका बिरुद्ध र मतदाताको लागि सक्षम विकल्पको रुपमा म सुधिर पटेल प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उमेद्वारी दिने घोषणा गर्दछु ।

सम्बन्धित पोस्टहरू