Home » Blog » राैतहट-३(क) बाट राज्यमन्त्री नागेन्द्र यादवले गराए मनाेनयन दर्ता

राैतहट-३(क) बाट राज्यमन्त्री नागेन्द्र यादवले गराए मनाेनयन दर्ता

अंकुश दैनिक
0 comments 5 views

सत्येन्द्र प्रताप सिंह,

रौतहट ।
मधेस प्रदेश सरकारका निवर्तमान उधाेग,पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादवले प्रदेशसभा सदस्यका लागि राैतहटको निर्वाचन क्षेत्र नम्बर ३ क मा उमेदवारी दर्ता गराएका छन् ।
यादवले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालय कटहरियामा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता यादव चार दलिय सत्ता गठबन्धनकाे तर्फ उम्मेदवारको रुपमा मनोनय दर्ता गराउनु भएको छ । यादव २०७४ सालकाे प्रदेश सभा निर्वाचनमा विजयी हुनु भएको थियो ।

मनाेनय दर्ताकाे क्रममा कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महताे,फतुवा बिजयपुरका मेयर प्रत्यासी अरविन्द यादव ,बुधाई खाँ लगायतका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे यादवका स्वकीय सचिव नेता ऋषि तिवारीले जानकारी गराए ।

सम्बन्धित पोस्टहरू