अंकुश संवाददाता,
बिरगंज ।
पर्सा क्षेत्र नम्बर १ का विभिन्न वडाहरुमा शुक्रबार जसपा-एमाले गठवन्धनले चुनावी रोड शो कार्यक्रमको आयोजना गरेका छन् ।
जसपा–एमाले गठबन्धनले चुनावी प्रचार प्रसार अन्तर्गत शुक्रबार बिरगंज महानगरका तीन वटा वडामा गरेको रोड शोका क्रममा पूर्वमन्त्री प्रदीप यादव, मुख्यमन्त्री लालबाबु राउत र बिचारी यादवको सहभागिता रहेको थियो ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ श्रीपुर, नयाँ टोल , वडा नम्बर १२ को मुर्ली र वडा नम्बर १५ को लक्ष्मणवा र भेडियाहीमा शुक्रबार पूर्वमन्त्री यादव, मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउतले मतदाता संग मत माग्दै घरदैलो गरेका थिए ।
शुक्रबारको चुनावी रोड शो मा जसपा र एमालेका नेता कार्यकर्ताहरुसंगै स्थानीय मतदाता पनि सहभागी भएका थिए ।