Home » Blog » पर्साका बाढी पिडितलाई फोरम नेपालद्वारा राहत वितरण

पर्साका बाढी पिडितलाई फोरम नेपालद्वारा राहत वितरण

अंकुश दैनिक
0 comment 8 views
वीरगन्ज,  साउन ।
पर्साका बाढी पिडितलाई संघीय समाजवादी फोरमले राहत वितरण गरेको छ । फोरम पर्साले सोमबार पनि जिल्लाका २ सय ५० वाढिपिडित परिवारलाइ राहत वितरण गरेको जनाएको छ । बाढिको कारण घरवार विहिनभएका पिडित परिवारलाइ तत्काल राहतको पुर्याउने उदेश्यले त्रिपाल,चिउरा मिठा,चामल ,आलु भाडा बर्तन,लताकपडा लगायतको सामग्री वितरण गरिएको फोरमका पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले अंकुशलाई बताउनु भयो ।
टोलीले वीरगन्ज महानगपालीकाको बेलवा, मनियारी, जगरनाथपुर ,उदपुरघुर्मीका बाढी पिडित परिवारलाई राहत बितरण गरेको जनाएको छ । जिल्ला अध्यक्ष प्रदिप यादव र मधेस प्रदेश कोषाध्यक्ष तथा मेयरका उम्मेदवार वीजय सरावगीको नेतृत्वमा गएको टोलीमा पार्टीका जिल्ला सचिव नागेन्द्र यादव,नगरअध्यक्ष मुकेश द्धिवेदी, वडा इकाइ अध्यक्ष पिन्टुउपाध्या, युवा फोरम नेपालको केन्द्रिय सदस्य नासिर खान,लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
उता केन्द्रिय सदस्य वीरेन्द्र यादवको नेतृत्वमा गाउहरुमा पुगेको राहतवितरण टोलीमा कृष्णमोहन यादव,जिल्ला सदस्य राजेश यादवलगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा क्षेत्र नं. ५ मा पनि राहत बितरण गरिएको जनाइएको छ । 
अंकुश दैनिकमा समाचार छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.