Home » Blog » बाम-लोकतान्त्रिक गठबन्धनद्वारा जिराभवानीमा घरदैलो

बाम-लोकतान्त्रिक गठबन्धनद्वारा जिराभवानीमा घरदैलो

अंकुश दैनिक
0 comments 3 views

अंकुश संवाददाता,
वीरगंज ।
जिराभवानी गापाको वार्ड न. २ नेपाली कांग्रेस गठबन्धन उम्मेदवार रमेश रिजाल र शकर चौधरीको सन्युक्त घरदैलो कार्यक्रम गरेका छन् ।

पर्सा क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरीले शुक्रबार जिराभवानी गाँउपालिका वडा नम्बर २ काठमाडौ टोलमा चुनावी घरदैलो गरेका छन् ।

प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी चुनावी घरदैलोमा पुग्दा मतदाताहरुले स्वागत गरेका थिए ।

चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

सम्बन्धित पोस्टहरू