बिरगंज ।
पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका उम्मेदवारहरुको घरदैलो कार्यक्रममा मतदताहरुको उल्लेखनीय सहभागिता रहेको पाइएको छ।
आइतबार बिहान चुनावी घरदैलोका क्रममा छिपहरमाइ गापा वडा न.३ जयमङ्गलापुर ,बुडगाही,
झलमहिया टोलमा प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शेख चान्द ताराको मतदाताहरुले भब्य स्वागत गरेका थिए ।
गाँउमा मत माग्न आएका दुवै उम्मेदवारहरुलाई स्थानीय मतदाताहरुले अबीरको टिका र फुलमाला लगाएर जितको आशीर्वाद दिए । त्यसपछि घरदैलोका क्रममा मतदाताहरु पनि दुवै उम्मेदवारको पक्षमा नारा लगाउदै गाँउ परिक्रमा गरेका थिए । रिजाल र तारा दुवै उम्मेदवार , जनताको माझमा रहेर राजनीति गर्ने नेता भएको तथा दुखसुखमा साथ दिदै आएकाहरु भएकाले यसपालि आफुहरु बाम-लोकतान्त्रिक गठवन्धनको पक्षमा लागेको मतदाताहरुको भनाइ थियो ।
चुनावी घरदैलो कार्यक्रममा काँग्रेस, माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी, लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।