Home » Blog » बाम-लोकतान्त्रिक गठवन्धनका उम्मेदवार रमेश रिजाल र चान्द ताराको पर्सा क्षेत्र नं ४ मा घरदैलो

बाम-लोकतान्त्रिक गठवन्धनका उम्मेदवार रमेश रिजाल र चान्द ताराको पर्सा क्षेत्र नं ४ मा घरदैलो

अंकुश दैनिक
0 comments 14 views

अंकुश संवाददाता,
बिरगंज ।
पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका उम्मेदवारहरुको घरदैलो कार्यक्रममा मतदताहरुको उल्लेखनीय सहभागिता रहेको पाइएको छ।

मंगलबार बिहान चुनावी घरदैलोका क्रममा छ्पहरमाइ गापाको भिस्वा टोल वार्ड न.५ मा प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शेख चान्द ताराको मतदाताहरुले भब्य स्वागत गरेका थिए ।

गाँउमा मत माग्न आएका दुवै उम्मेदवारहरुलाई स्थानीय मतदाताहरुले अबीरको टिका र फुलमाला लगाएर जितको आशीर्वाद दिए । त्यसपछि घरदैलोका क्रममा मतदाताहरु पनि दुवै उम्मेदवारको पक्षमा नारा लगाउदै गाँउ परिक्रमा गरेका थिए ।

चुनावी घरदैलो कार्यक्रममा काँग्रेस, माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी, लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

सम्बन्धित पोस्टहरू