Home » Blog » जसपा परित्याग गरी १ सय ५० जना कांग्रेसमा प्रवेश, नेता रमेश रिजालले गरे स्वागत

जसपा परित्याग गरी १ सय ५० जना कांग्रेसमा प्रवेश, नेता रमेश रिजालले गरे स्वागत

अंकुश दैनिक
0 comments 6 views

बिरगंज ।
पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ का पूर्व वडा अध्यक्ष प्रभु पटेल सहित जसपाका १५० जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पटेल, २०७४ को स्थानिय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

पुर्व वडा अध्यक्ष पटेलसंगै गत स्थानिय तह निर्वाचनमा वडा नम्बर २ मै जसपाबाट वडा अध्यक्षका प्रत्याशी रहेका अवधेश पटेल सहित १५० जना जसपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ।पर्सा क्षेत्र नम्बर ४ मा काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजालले मङगलबार दुवै नेता सहितका नवप्रवेशीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरे ।

जसपा छाडेर काँग्रेस प्रवेश गरेका पूर्व अध्यक्ष पटेलले जसपा मधेस जनताको भवनावाट बिचिलित भइ मधेस विरोधी एमालेसंग साटगाठ गर्नु अनुचित रहेको र पर्सा ४ मा एमालेका उम्मेदवार जालिम मियाँलाइ कहिकतै कुनै कारण मत दिदा मतको अनादर हुने भएकाले जसपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी, काँग्रेस पर्साका प्रवक्ता रमेश पान्डे , जिल्ला सहसचीव नवीन सिह,नेता अजय पटेल,युवा नेता राकेश यादव लगायतकाकोे सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरू