Home » Blog » रौतहट १ मा जित एमालेकै हुन्छ : उम्मेदवार अजय गुप्ता

रौतहट १ मा जित एमालेकै हुन्छ : उम्मेदवार अजय गुप्ता

अंकुश दैनिक
0 comments 5 views

सत्येन्द्र प्रताप सिंह,
 रौतहट ।
रौतहट १ मा नेकपा एमालेका उम्मेदवार आफ्नो घरदैलो अभियानलाई तिब्र पारेका छन् । संघिय सांसदका उम्मेदवार अजय कुमार गुप्ता र प्रदेशसभा सदस्यका उम्मेदवार राज किशोर यादवले आज बेलबिक्षवामा घरदैलो गरेकाछन् । आफु घरदैलोमा जाँदा मतदाताको अपार माँया पाएका कारण यस पटक आफ्नो जित पक्का रहेको गुप्ताले बताए । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसंग चुनावी मैदानमा रहेका गुप्ताले यस पटकट मतदाताले आफुलाईनै जिताएर पठाउने बताए ।
नेपालले पटक पटक रौतहटका जनताको भोट लिएर चुनाव जितेर गएपनि रौतहटको विकास गर्न नसकेको बताउदै गुप्ताले आफ्नो क्षत्रका मतदाताले अव आफ्नो पक्षमा मतदान गर्ने बताए । घरदैलोमा जाँदा आफ्नो पक्षमा मतदाता मतदान गर्न आतुर रहेकाले आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताए ।

सम्बन्धित पोस्टहरू