Home » Blog »  निर्वाचनकाे मुखमै जसपा जिल्ला अध्यक्षले दिए राजिनामा

 निर्वाचनकाे मुखमै जसपा जिल्ला अध्यक्षले दिए राजिनामा

अंकुश दैनिक
0 comments 9 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे मुखमै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षले राजिनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले आज राजिनामाकाे घाेषणा गरेका हुन् ।मधेसी विराेधी एमाले सँग गठबन्धन गरेकाे भन्दै पटेलले राजिनामा दिएका हुन् ।
उनले सामाजिक संजाल फेसबुक मार्फत राजिनामा दिएका हुन् । उनले समाजिक संजालमा लेखेका छन् “जनता समाजवादी पार्टी, नेपालको साधारण सदस्य समेत नरहने गरी जसपा नेपाल रौतहटको जिल्ला अध्यक्ष पदबाट आजकै मितिदेखि राजिनामा दिएको घोषणा गर्दछु । साथै एउटा राजनैतिक प्राणी भएको हुदाँ देश र मधेसको पक्षमा स्वतंत्र रूपले भएपनि लागि रहने प्रतिबद्धता व्यक्त गर्दछु ।”
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा देवाहीगोनाही नगरपालिकाको मेयरमा निर्वाचित भएका पटेलले अचानक राजिनामा गरेकाे घाेषणा गरेपछि जिल्लामा तरंग नै पैदा भएको छ । पूर्व मेयर पटेलले मंगलबार जसपा नेपालको साधारण सदस्य समेत नरहने गरि पार्टी बाट परित्याग गरेकाे घोषणा गरेका हुन् ।
पटेलसँगै देवाहीगाेनाही नगरपालिका वडा नम्बर ६ कर्कचका वडा प्रत्यासी एवम् जसपा नगर अध्यक्ष महेश यादव र उनका सहयोगी अशाेक पटेल दर्जनौं व्यक्तिहरूले पनि पार्टी परित्यागकाे घाेषणा गरेका हुन् । पूर्व मेयर पटेलले अब देखि स्वतन्त्र रुपमा बसी राजनीतिक गर्ने प्रतिक्रिया दिएका हुन् ।

सम्बन्धित पोस्टहरू