सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहटको कटहरिया र गरुडा नगरपालिकाको बिभिन्न वडाहरुमा पुर्वमन्त्री प्रभु साहले घरदैलो तथा अन्तरक्रिया कार्यक्रम संम्पन भएको छ ।
रौतहट क्षेत्र नं.३ का प्रतिनिधी सभाका स्वतन्त्र उमेदवार प्रभु साहले आफनो निर्वाचन क्षेत्र पर्ने कटहरिया र गरुडामा घरदैलो तथा अन्तरक्रिया कार्यक्रम संम्पन गरेको हो ।
पुर्वमन्त्री प्रभु साह संगै रौतहट क्षेत्र नं. ३ (क) का बिधायक उमेदार केशव राय चौधरी क्षेत्र नं. ३ (ख) का बिधायक उमेदार कुन्दन कुशवाहाले सत्ता गठबन्धनका नेताहरु संगै मतदाताहरुको घर आङ्गनमा पुगेर घरदैलो कार्यक्रम संम्पन गरे ।
कार्यक्रममा सत्ता गठबन्धन नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य समिना हुुसेन, नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य वहीद अंसारी,
गरुडा नगरपालिकाका मेयर प्रत्यासी बिपिन जयसवाल ,लोसपाका नेता रामप्रबेश दास तत्मा लगाएतका पाँच दलिय गठबन्धनका नेताकार्यकर्ताहरुको बिषेश उपस्थिती रहेको थियो ।
कटहरिया नगरपालिकाको वडा नं.९ डुमरियामा आयोजित घरदैलो तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य समिना हुुसेनले सत्ता गठबन्धनका आधिकारीक उमेदवार प्रभु साह रहेको भन्दै र्निधक भएर प्रभु साहको चुनाव चिन्ह कल छाप र प्रदेश सभा सदस्यमा कुन्दन कुशवाहा र केशव राय चौधरीको चुनाव चिन्ह लालटेन छापमा मतदान गरि जिताउन सबै मतदाताहरुलाई आग्रह गरेका थिए ।
हुसैनले सत्ता गठबन्धनको तर्फबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड, र आफनो पार्टी नेकपा एकिकृत समाजबादीका पार्टीका अध्यक्ष माधव कुमार नेपालले नै संयुक्त बिज्ञप्ती जारी गदै रौतहट क्षेत्र नं.३ मा स्वतन्त्र उमेदवार प्रभु साहलाई जिताउ गठबन्धनका कार्यकर्ताहरुलाई निर्देशन दिएको बताए । समाजबादी पार्टीका नेतृ हुुसेनले पार्टीको निर्देशन अनसार आफु प्रभु साहलाई जिताउन घरदैलो कार्यक्रममा पुगेको बताए ।
त्यस्तै घरदैलो तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै लोकतान्त्रीक समाजबादी पार्टी (लोसपा)का रौतहट जिल्ला अध्यक्ष रामप्रबेश दास तत्माले यो क्षेत्रमा बिकाशको गति दिने नेता प्रभु साहलाई नै जिताउन सबै मतदाता संग आग्रह गरेका थिए ।
नेता दासले सत्ता गठबन्धनका आधिकारीक उमेदवार प्रभु साह रहेको भन्दै कांग्रेसका प्रदेश सभा सदस्यका उमेदवार जितेन्द्र यादव र एकिकृत समाजबादीका प्रदेश सभा सदस्य उमेदवारले नागेन्द्र यादवले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं स्वतन्त्र उमेदवार ओमप्रकाश जयसवालको पक्षयमा लागे पछि यी दुई नेताको पछाडी नजान उपस्थित सम्पुर्ण मतदाताहरुलाई आग्रह गरेका थिए ।
रौतहट सहित देश र बिकासको साथै रौतहट र देशको बिकासको लागि प्रभु साह आवश्यक रहेको भन्दै सबै जना मिली प्रभु साहलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा माओबादी केन्द्रका नेता तथा गरुडा नगरपालिकाका मेयर प्रत्यासी बिपिन जयसवाल फतुवा बिजयपुर नगरपालिकाका मेयर प्रत्यासी बिजय यादव निर्वीज, बौद्धीमई नगरपालिका मेयर प्रत्यासी तथा स्वतन्त्र उमेदवार जिताउ अभियानका रौतहट जिल्ला ईर्चाज अमर साह, त्रिभुन साह, लगाएत हजारौं हजारको संख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो ।
10