Home » Blog » रमेश रिजालको घरदैलोमा मतदताहरुको उल्लेखनीय सहभागिता

रमेश रिजालको घरदैलोमा मतदताहरुको उल्लेखनीय सहभागिता

अंकुश दैनिक
0 comments 9 views

अंकुश संवाददाता,
बिरगंज ।

पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका उम्मेदवार रमेश रिजालको घरदैलो कार्यक्रममा मतदताहरुको उल्लेखनीय सहभागिता रहेको पाइएको छ।

बुधबार बिहान चुनावी घरदैलोका क्रममा भिखमपुर पिपरामा प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाललाई मतदाताहरुले फुलमाला र अबिरमा लगाइ भब्य स्वागत गरेका थिए ।

मतदाताले आफूहरुले चुनाव अघि नै विजय तिलक लगाएर उनको जितको निश्चित गरिदिएको बताए । रिजाल जस्तो स्वच्छ छवीको व्यक्तिलाई जिताउनु पर्ने भन्दै आफूहरु सबै एक ढिक्का भएर उनको पक्षमा लागि परेको पनि मतदाता बताउँछन् ।

मतदातासँगको भेटका क्रममा नेता रिजालले आफूले यस क्षेत्रको लागि निरन्तर काम गर्दै आएको र अहिले मौका दिएर पठाए यहाँको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।

घरदैलो कार्यक्रममा कांग्रेस जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायत नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू