Home » Blog » बसडिल्वामा चौरसिया र पटेलको भब्य स्वागत, विभिन्न पार्टी परित्याग गरी दुई दर्जन युवाहरु काँग्रेसमा प्रवेश

बसडिल्वामा चौरसिया र पटेलको भब्य स्वागत, विभिन्न पार्टी परित्याग गरी दुई दर्जन युवाहरु काँग्रेसमा प्रवेश

अंकुश दैनिक
0 comments 4 views

बिरगंज ।
बिरगंज महानगरपालिका वडा नम्बर २९ मा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।
बसडिल्वामा चुनावी घरदैलोका क्रममा बुधबार बिहान पुगेका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा उम्मेदवार श्याम पटेललाई स्थानीय युवा , महिला , बृद्धबृद्धाले अबिर टिका र फुलमाला लगाउदै स्वागत गरेका हुन् । त्यसअवसरमा विभिन्न दलमा आबद्ध दुइ दर्जन भन्दा बढि युवाहरु काँग्रेसमा प्रवेश पनि गरेका छन् ।
दुवै उम्मेदवारलाई स्वागत गर्दै स्थानीय मतदाताले काँग्रेसका दुवै उम्मेदवार विकास प्रेमी छवि भएका नेता भएका कारण यसपालि काँग्रेसका यीनै उम्मेदवारलाई मत दिएर जिताउने घोषणा पनि गरे ।
मतदाताको स्वागत ग्रहण गर्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसियाले जनताबाट पाइरहेको स्वागत र समर्थनले आफुहरुमा थप उर्जा मिलिरहेको भन्दै जनताको भरोसालाई कदापि टुट्न नदिने वाचा गरे ।
लोकतन्त्र र संविधानको रक्षा गर्ने एक मात्र दल काँग्रेस नै रहेको भन्दै उनले जातपात र समुदायको राजनीति गर्ने एमाले र जसपाको चरीत्र जनताले बुझिसकेकाले अबको निर्वाचनबाट उनिहरुले गतिलो जवाफ पाउने बताए ।
मधेस र देशको समृद्धि पाँच दलीग गठबन्धनबाटै सम्भव भएकाले गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उनले मतदाताहरुलाई आग्रह पनि गरे ।
चुनावी घरदैलो कार्यक्रममा काँग्रेसका जिल्ला उपसभापति अशोक कुमार गुप्ता , क्षेत्रीय सभापति महम्मद शहाबुदिन , क्षेत्रीय सचिव रन्जित पटेल , जिल्ला कार्य समिति सदस्यका साथै माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

सम्बन्धित पोस्टहरू