Home » Blog » गुजरामा जनमत पार्टीको नगर स्तरीय समिति गठन

गुजरामा जनमत पार्टीको नगर स्तरीय समिति गठन

अंकुश दैनिक
0 comments 7 views

सत्येन्द्र प्रताप सिंह,

रौतहट।
रौतहटको गुजरा नगरपालिकामा जनमत पार्टीको नगर स्तरीय समिति गठन भएको छ । सो नगरपालिकाको वडा नम्बर ७ परसवामा नगर समिति गठनको लागि भेला बोलाइएको थियो । भेला बाट नयाँ तदर्थ समिति गठन भएको छ । कार्यक्रमको प्रमुख अतिथीको रुपमा क्षेत्रिय पर्यवेक्षक इ.कृष्ण कुमार साह लगायत पूर्व जिल्ला अध्यक्ष तथा सांसद प्रत्यासी रामेश्वर राय यादवको विशेष उपस्थिती रहेको थियो ।
गठित समितिको अध्यक्षमा रामधारी चौधरी,उपाध्यक्षमा उमाशंकर धामी,धिरेन्द्र कुमार यादव, महलिा उपाध्यक्षमा ध्रुवपति देवी,कोषाध्यक्षमा रामशरण साह,सचिवमा लक्ष्मीनारायण चौधरी,सह सचिव बालमिकी चौधरी सहित १७ सदसिय रहेका छन् । सो अवसरमा जनमत पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
जनमत पार्टीले जिल्लाभरीमा गत मंसिर ४ गते सम्पन्न निर्वाचन केन्द्रित समिक्षा भेला तथा संगठन विस्तार कार्यक्रम जारी राखेको जनमत पार्टीको तर्फ बाट फतुवा बिजयपुरका मेयर प्रत्यासी कृष्णा कुमार साहले जानकारी गराए । जनमत पार्टीले बिहिवार कटहरियामा क्षेत्रिय कार्यक्रम राखेको छ भने शुक्रवार पार्टी प्रवेश कार्यक्रम राखेको साहले बताए ।

सम्बन्धित पोस्टहरू