सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
नेकपा एमालेले मौलापुर नपाकी मेयर रिना देवी साहले पहिले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै अर्को स्पष्टीकरण सोधेको हो ।
मेयर साहलाई माघ ५ गते दोश्रो पटक नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवले स्पष्टीकरण सोधेका हुन ।
नेकपा (एमाले) को सूर्यछाप लिएर रौतहट जिल्ला मौलापुर नगरपालिकामा मेयर (प्रमुख) पदमा विजयी भइ कार्य गर्दै आइरहनु भएकी तपाई रिना देवी साह पटक पटक नेकपा (एमाले) को विरुद्धमा लागि विधानको धारा ८० को १, २ र ६ आकर्षित हुने गम्भीर घटना गर्दै आउनु भएपछि पहिलो स्पष्टीकरण सोध्ने काम भएको थियो ।
तर तपाइले त्यसको जवाफ नदिई गैर जिम्मेवार बन्नु भएकोले यो अन्तिम स्पष्टीकरण सोध्ने काम भएको छ र पत्र पाएको २४ घण्टा भित्र तपाईले आफ्नो भनाई लेखी प्रदेश कार्यालय जनकपुरमा पठाउनु होला अन्यथा तपाईलाई पार्टीबाट निस्काशनसम्मको कार्यवाही हुने छ भन्दै नेकपा एमाले मधेश प्रदेश कमिटीले मेयर साह पत्र लेखेको हो ।
त्यस्तै देवाही गोनाही नगरपालिकाको नगर प्रमुख प्रेमलाल साह लाइ पनि नेकपा (एमाले) मधेश प्रदेश कमिटीले दोस्रो पटक स्पष्टिकरण सोधेको छ । २४ घण्टाभित्र चितबुझदो स्पष्टिकरण नदिए कारवाही गर्ने कमिटीले चेतावनी दिएको छ भने पत्र नगर प्रमुख साहले बुझ्न नमाने पछि नगरपालिकाको सुचना पाटीमा टाँस गरिको छ ।
3