सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहट क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य केशव राय चौधरी एमाले प्रवेश गरेका छन् । प्रभु साह नेतृत्वको आमजनता पार्टी परित्याग गरी चौधरी एमालेमा प्रवेश गरेका हुन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित चौधरी शुक्रबार एमाले प्रवेश गरेका हुन् ।
साहकै टिमबाट चौधरी, कुन्दन कुश्वाहाले मनोनयन दर्ता गरेका थिए । तर, कुश्वाहा पराजित भए । निर्वाचनको परिणाम सार्वजनिक भएपछि साहको नेतृत्वमा गठन भएको आमजनता पार्टीमा कुश्वाहा विभागीय संगठन प्रमुखको जिम्मेवारी पाउँदा चौधरी केन्द्रीय सदस्य बनेका थिए । नेकपा एमालेका केन्द्रिय सदस्य,मधेस प्रदेशका संसदीय दलका नेता एवम भौतिक पुर्वाधार मंन्त्री सरोज यादवको विशेष पहलमा उहाँकै हातबाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद चौधरी नेकपा एमालेको सदस्यता सहितमा प्रवेश गरेका हुन् ।
जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेको सदस्यता लिएर चौधरीले प्रभु साहको साथ छाडेका हुन् । स्वतन्त्र उम्मेदवार रायले १२ हजार २५५ मत प्राप्त गरेका थिए ।