Home » Blog » राष्ट्रपतिमा महन्थको प्रस्ताव लिएर लोसपाका नेताहरु देउवालाई भेट्दै

राष्ट्रपतिमा महन्थको प्रस्ताव लिएर लोसपाका नेताहरु देउवालाई भेट्दै

अंकुश दैनिक
0 comments 15 views

काठमाडौं ।

सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर भन्दै लोकातान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)का शिर्ष नेताहरुले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शिर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।

‘सहमतीय राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र भन्ने प्रस्ताब लिएर प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीजीसँग भएको भेटबार्तामा सकारात्मक कुरा भएको छ,’ लोसपाका शिर्ष नेता राजेन्द्र महतोले भने, ‘सोही क्रममा बुधवार चाँही कांग्रेस सभापति देउवाजीसँग भेटवार्ता गर्दैछौं ।’ उनका अनुसार सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पुर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरु बिच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको र कुनै निष्कर्ष ननिस्की रहेको बेला लोसपाले आफनो अध्यक्ष ठाकुरलाई अघि सारेको हो ।

सम्बन्धित पोस्टहरू