Home » Blog » राजनीतिक स्थिरताका लागि प्रचण्डलाई विश्वासको मत : देउवा

राजनीतिक स्थिरताका लागि प्रचण्डलाई विश्वासको मत : देउवा

अंकुश दैनिक
0 comments 6 views

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  राजनीतिक स्थिरताका लागि यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै कांग्रेसका सभापति  देउवाले यस्तो बताएका हुन् ।

कांग्रेसले यसअघि पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएको थियो ।   उनले भने ‘हामीले राजनीतिक स्थिरताका लागि यसअघि प्रचण्डलाई मतदान गरेका थियौ । आज भन्दा २१ महिना अघि संविधानमाथि हमला भएको थियो । त्यो समय पनि हामी संविधानको पक्षमा थियौ ।’

उनले  एक दलले मत्र बहुमत पुर्‍याउन सक्ने नदेखेर राजनीतिक गठबन्धन गरिएको बताए । उनले प्रचण्डलाई विश्वासको मत दिन सबै समक्ष अनुरोध समेत गरे ।

सम्बन्धित पोस्टहरू