Home » Blog » पूर्व मन्त्री सुरेन्द्र चौधरी सहित एक दर्जन माथि कारवाहीको मांग

पूर्व मन्त्री सुरेन्द्र चौधरी सहित एक दर्जन माथि कारवाहीको मांग

अंकुश दैनिक
0 comment 17 views

बिजय चौहान
वीरगन्ज,८ पुस ।
स्थानिय तह निर्वाचनमा पार्टीका अधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्साको क्षेत्रिय समितिले सुरेन्द्र चौधरी सहित १२ जनालाई कार्यवाहीको सिफारिस गरेको छ । क्षेत्रीय सभापति मृत्युञ्जय कुमार श्रीवास्तवले शनिबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापति समेत रहेका चौधरी सहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको जानकारी दिनुभयो ।
उहाँले असोज २ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको अधिकारिक उम्मेदवार बिरुद्ध बागी उम्मेदवार खडागरी पार्टीको उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका पुर्व मन्त्रि समेत रहेका चौधरी र पुर्व जिल्ला सभापति जनार्दन सिंह क्षेत्री सहित १२ जनालाई १५ वर्षसम्म पार्टीको साधारण सदस्यता समेतबाट निलम्बन गर्न सहक्षेत्रीय समितिको बैठकबाट सर्वसहमत निर्णय गरिए पार्टी केन्द्रिय कार्यालयलाई सिफारिस गरिएको बताउनु भयो ।
क्षेत्रीय समितिको बैठकले पार्टीका उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका श्रीकृष्ण चौहान, ललन द्विवेदी, दिनेश कुमार चौधरी, शिव चौधरी, सैलेन्द्र प्रसाद यादव, ढेडी प्रसाद यादव, सिन्धु मेहता, रितनारायण चौधरी, रामजनम पटवारी र विरेन्द्र पाण्डेलाई कार्यवाही गर्न सर्वसम्मत निर्णय गरेको क्षेत्रीय अध्यक्ष श्रीवास्तबले जानकारी दिनुभयो ।
उहाँले स्थानिय तह निर्वाचन सम्पन्न भएपछि असोज ११ गते बसेको क्षेत्रीय समितिको समिक्षा बैठकले १२ जनालाई कार्यवाही गर्न सर्वसम्मत निर्णय गर्दै कार्यवाहीका लागि जिल्ला कार्यसमितिलाई लिखित जानकारी गराउदा पार्टी सभापति लगाएतका पदाधिकारीहरुले मंसिर २१ गतेको प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचन पछि क्षेत्रीय समितिको सिफारिस माथी छलफल गर्ने जानकारी गराएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा पुर्व सभासद रामेश्वर रौनियारले पर्साको पोखरिया, सखुवाप्रसौनि, लगायतका स्थानिय तहबाट काँग्रेसका उम्मेदवारहरुलाई हराउन पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरी लगायतकाले महत्वपूर्ण भुमिका खेलेकाले उनलाई क्षेत्रीय समितिको सिफारिस अनुसारकै कार्यवाही गर्नुपर्ने मांग गरेका छन् । रौनियार स्थानिय तह निर्वाचनमा पोखरिया नगरपालिकाको प्रमुख (मेयर) पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.