Home » Blog » वीरगंजलाई राजधानी बनाउन अनसन जारी 

वीरगंजलाई राजधानी बनाउन अनसन जारी 

अंकुश दैनिक
0 comment 4 views

बीरगञ्ज, २५ पुस ।
वीरगन्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित गत शुक्रबारदेखि वीरगन्जको घण्टाघरमा शुरु भएको रिले अनसन पाँचौ दिन पनि जारी रहेको छ ।वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी बीरगञ्जलाई नै बनाउनुपर्ने दबाब सहित रिले अनसन शुरु भएको हो ।
रिले अनसनको पाँचौ दिन मंगलबार संघीय समाजबादी फोरम नेपालका नेता कार्यकर्ताहरु अनसनमा बसेका छन ।मंगलबारको अनसनमा फोरम नेपालका नेता शशि कपुर मिँयाको अगुवाईमा नेता कार्यकर्ताहरु अनसन स्थल बीरगञ्जको घण्टाघरमा बसेका छन ।
मंगलबार पाँचौ दिनको अनसनमा फोरम नेपालका नेता शशि कपुर मिँया,बिरेन्द्र्र यादव,फिरोज मन्सुर,सुधिर नाथ पाण्डे,रामआज्ञा कुशवाहा,प्रमोद यादव,बिकाश चौधरी,पुष्पा पाण्डेय,प्रमोद यादव,हरेन्द्र ठाकुर,रुदल यादव लगायतहरु बसेका छन ।
गत शुक्रबार बिहान ११ बजेदेखि शुरु भएको रिले अनसनलाई वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले अनसनमा सहभागीहरुलाइ फुलमाला लगाएर शुभारम्भ गर्नु भएको थियो ।बीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि शुरु गरिएको रिले अनसनमा बारा र पर्साका बिभिन्न संघ संस्थाहरुले एकबद्धता पनि जनाईसकेका छन ।
बिरगञ्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी नबनाएसम्म रिले अनसश जारी राख्ने अनसनमा सहभागी नेताहरुले बताएका छन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.