Home » Blog » प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत हुने

प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत हुने

अंकुश दैनिक
0 comment 13 views

वीरगंज, २१ माघ ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्दी प्रदेश नं. २ का संसदीय दलको नेता चयन हुनु भएको छ ।
फोरमको आइतबार जनकपुरमा बसेको बैठकले राउतलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । यो चयनसँगै उनलाई भावी मुख्यमन्त्रीको रुपमा बाटो फराकिलो भएको छ । दलको नेता छान्न फोरमले आइतबार बोलाएको बैठकमा आंकाक्षी धेरै भएका कारण अबेरराति दलको नेता चयन भएको थियो । दलको नेतानै मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्थाका कारण दलको नेताका लागि फोरमभित्र सातजना आकांक्षी देखिएको भएतापनि ५ जनाले नाम फिर्ता लिएपछि सर्वसम्मत निर्णय लिन सहज भएको थियो ।
फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको गठबन्धनबाट यस प्रदेशमा सरकार निर्माण हुने प्रवल संभावना छ। फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिने अनौपचारिक रुपमा सैद्धान्तिक सहमति यस अघिनै गरिसकेका छन्। तर, राजपाले मुख्यमन्त्री आलोपालो गरी बाँड्नुपर्ने सर्त राखेका कारण औपचारिक सहमति भएको छैन।
राजपाभन्दा फोरम चार सिटले ठूलो छ। फोरमको २९ र राजपाको २५ गरी ५४ सिट मधेस गठबन्धनसँग छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.