Home » Blog » रियल फाइनलमा प्रवेश

रियल फाइनलमा प्रवेश

अंकुश दैनिक
0 comments 10 views

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको खेलमा घरेलु टोली एटलेटिको म्याड्रिडसंग २-१ले पराजित हुँदै समग्रमा ४-२को जित दर्ता गराएर रियल म्याड्रिड प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। खेलको सुरुवातमा निकै आक्रामक देखिएको एटलेटिको म्याड्रिडले १६ मिनेटमा २ गोल गर्दै खेलमा फर्किने आशा देखाएको थियो। खेलको १२औं मिनेटमा साउल निगुएजले कर्नरमा हेडर मार्फत गोल गर्दै एटलेटिकोलाई अगाडी बढाएका थिए। त्यसको केहि मिनेटमै फर्नान्डो टोरेसलाई बक्सभित्र राफेल भारानले फल हानेपछि एटलेटिकोले पेनाल्टी पायो। १६औं मिनेटमा एन्टोइन ग्रिज्मनले पेनाल्टीलाई गोलमा परिणत गर्दै एटलेटिकोलाई २-०को अग्रता दिलाए। पहिलो हाफको अन्त्य हुनुभन्दा १ मिनेट अगाडी रियलले अग्रता घटाएको थियो। टोनी क्रुसको प्रहारलाई गोलरक्षक यान ओब्लाकले फर्काएपछि आएको बलमा इस्कोले गोल गर्दै एटलेटिकोको सम्भावनालाई निस्तेज पारेका थिए। खेलमा थप गोल हुन नसकेपछि रियलले युभेन्टससंगको फाइनल खेल तय गरेको हो।

सम्बन्धित पोस्टहरू