Home » Blog » रियललाई च्याम्पियन्स लिगको उपाधि

रियललाई च्याम्पियन्स लिगको उपाधि

अंकुश दैनिक
0 comments 7 views

एजेन्सी– युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आइतबार बिहान भएको फाइनल खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै रियलले च्याम्पियन्स लिग उपाधि जितेको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने क्यासेमिरो र एसेन्सियोको नाममा १/१ गोल रह्यो।  खेलको २० औँ मिनेटमा गोल गर्दै चिरप्रतिद्वन्द्वी लियोनेल मेस्सीलाई पछि पारेका हुन् । मेस्सीले दुई वटा फाइनलमा गोल गरेका छन् । रोनाल्डोले पहिलो पटक म्यान्चेस्टर युनाइटेडमा रहँदा सन् २००८ मा चेल्सीविरुद्ध फाइनलमा गोल गरेका थिए भने ६ वर्षपछि रियलका लागि एथ्लेटिको विरुद्ध अतिरिक्त समयमा गोल गरेका थिए । यससँगै रियल म्याड्रिड प्रतियोगिताको इतिहासमा उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ। गत सिजन पनि यसै उपाधि जितेको रियलको यो समग्रमा १२औं च्याम्पियन्स लिग उपाधि हो। मैदानमा रोनाल्डोसँग खुसियाली मनाउन उनकी प्रेमिका जर्जिनो रोड्रिग्वेजसहित छोरा र आमा पनि थिइन् ।

सम्बन्धित पोस्टहरू