वीरगंज ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वामा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा समितिको आयाेजनामा भएको दिपावली तथा छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बाेधन गर्दे नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले अब चाँडै स्थानिय तह, प्रदेश वा संघको निर्वाचन हुन सक्ने वताउँदै निर्वाचनको तयारी लाग्न आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले जनताको सेवा गर्न कांग्रेसको धर्म भएको वताए ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव किशोरी साह, क्षेत्रिय सभापति रमेश पाण्डे, जिल्ला सदस्य नवीन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव, बलिष्टर अहमद, श्याम पटेल, रामेश्वर महतो लगायतको सहभागिता रहेको थियो ।